काठमाडौं । तीन संसदीय समितिको बैठक मंगलबार बस्दैछ।
बिहान ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्या सम्बन्धमा प्रदेश सरकारका मन्त्रीहरूसँग छलफल हुने कार्यसूची छ।
साढे १२ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल हुने संसद् सचिवालयले जनाएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुनेछ। बैठक दिउँसो १ बजे बस्नेछ।