
लुम्बिनी । लुम्बिनी साँस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा सोमबार मृत्यु भएका तीनजना बालकका परिवारलाई लुम्बिनी सांस्कृतिक नगरपालिकाले एक एक लाख रुपैया सहयोग गरेको छ ।
नगर कार्यपालिकाको मंगलवार सम्पन्न बैठकको निर्णय अनुसार काज किरीया तथा अन्य कामका लागि मृतक परिवारलाई जनही एक एक लाख सहयोग गर्ने निर्णय गरेको हो ।
नगरपालिकाले एक सुचना जारी गरि मृतक बालकहरु प्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै परिवारप्रति समबेदना ब्यक्त गरेको छ ।
यसैगरी बेपत्ता बालकहरुको खोजी कार्यमा सहयोग पु¥याएकोमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका गरि ११ जनालाई नगरपालिकाले सम्मान समेत गरेको छ ।
दानव नदीमा बालकहरू बेपत्ता भएपछि खोजी गर्न सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली खटिएको थियो ।
लुम्बिनी साँस्कृतिक नगरपालिका–२ अर्दौलीका स्थानीय १३ वर्षीय उमेश यादव, १४ वर्षीय राज यादव र १२ वर्षीय मुनु हरिजनको डुबेर मृत्यु भएको थियो ।
उनीहरू सो नदीमा पौडी खेल्ने क्रममा सोमबार दिउँसो करिब साढे १२ बजे बेपत्ता भएका थिए । सूचना पाएपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बयरघाटको समन्वयमा बाँकेको गोताखोर टिमले खोजी गरेको थियो ।