भैंसे–सिमभञ्ज्याङ सडक खण्ड पहिरोका कारण अवरुद्ध

भैंसे–सिमभञ्ज्याङ सडक खण्ड पहिरोका कारण अवरुद्ध

मकवानपुर । त्रिभुवन राजपथको भैंसे–सिमभञ्ज्याङ सडक खण्ड पहिरोका कारण शनिबार बिहानैबाट अवरुद्ध बनेको छ ।

त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–९ लामिडाँडास्थित सडकखण्डमा माथिबाट ढुङ्गासहित रुखहरु खसेर सडक पूर्ण रुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सडक अवरुद्ध भएपछि प्रहरी चौकी भैंसेबाट प्रहरी टोली गई सडक विभागसँग समन्वय गरी सडक खुलाउने कार्य भइरहेको मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिरो झरेको स्थानमा ठुला ढुङ्गा खसेका कारण दुई वटा डोजर पुगेपनि पन्छाउन नसकेपछि ब्रेकर प्रयोग गर्नुपर्ने अवस्था आएको छ । उहाँले ढुङ्गा फुटाउन ब्रेकर लैजाने कार्य भइरहेको र सडक सुचारु गर्न समय लाग्ने बताउनुभयो । उक्त स्थान प्रहरी चौकी भैंसे मकवानपुरबाट करिब २२ कि.मि.पश्चिम उत्तरमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार