टप एण्ड टी-२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले बङ्गलादेश ‘ए’सँग खेल्दै

टप एण्ड टी-२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले शनिबार बङ्गलादेश ‘ए’सँग खेल्दै

काठमाडौँ । अष्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले शनिबार बङ्गलादेश ‘ए’सँग खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे शुरु हुनेछ।

यसअघि शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपाल घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकरसंग ४२ रनले पराजित भएको थियो । जितका लागि नर्दनले दिएको १७८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर १३५ रन मात्र बनाउन सक्यो।

नेपालका लागि कुशल मल्लले सर्वाधिक ३४ रनको योगदान गरे । गुल्शन झाले २६ ,कप्तान रोहित पौडेलले २३ रन तथा दिपेन्द्र सिं ऐरीले १९ रन जोडेपनि अन्य खेलाडीले सम्झनलायकको प्रदर्शन गर्न सकेनन् । त्यसअघि टस हारेर पहिले ब्याटिङमा तानिएको नर्दन टेरिटोरीले निर्धारित ओभरमा ८ विकेट गुमाएर १७७ रन बनाएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार