राष्ट्रिय झण्डा टाँग्ने क्रममा करेन्ट लागेर एक किशोरको मृत्यु

मृत्यु

अछाम । राष्ट्रिय झण्डा टाँग्ने क्रममा करेन्ट लागेर बान्नीगढी जयगढ गाउँपालिकामा एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिकाको जयगढ बजारका १७ वर्षीय रोहित साउँद रहेका छन् । वयलपाटा अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

झण्डा टाग्न संलग्न अन्य चार जना समीर शाह, विनोद रावत, बम शाह र लब्सन सुनार करेन्ट लागेर घाइते भएका छन् । घाइते भएका चार जनाको पनि सोही अस्पतालमा उपचार भइरहेको र खतरामुक्त रहेको अछाम प्रहरीले जानकारी दिएको छ ।

मन्दिर जाने व्यक्तिहरुको स्वागतका लागि उनीहरुले स्टिलको लामो डण्डीमा राष्ट्रिय झण्डा टाँग्ने क्रममा बिजुलीको तारमा छोएर घटना भएको बताइएको छ । कृष्ण जन्माष्टमीको जयगढ बजारभन्दा माथिको अग्लो डाँडामा रहेको बरदादेवी मन्दिरमा पूजाआजा गर्न जिल्लाभरका मानिसहरु जाने गर्दछन् । कृष्ण जन्माष्टमी पूजाआजा र पछिल्लो दिन जयगढ बजारमा डेउडा, मट्का फुटाउने खेलसहितको मेला लाग्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार