गोली प्रहार गरी एक जनाको हत्या

देवरले गरे आफ्नै भाउजूको हत्या, माइलो दाई गम्भिर घाइते

सर्लाही । सर्लाहीको हरिपूर्वामा शुक्रबार राति गोली प्रहार गरी एक जनाको हत्या भएको छ । हरिपूर्वा नगरपालिका–६, का ४० वर्षीय रामपुकार यादवको अज्ञात व्यक्तिले गोली प्रहार गरी हत्या गरेका हुन् ।

शुक्रबार राति करिब ८ बजेतिर घरमा छरछिमेकीसँग कुराकानी गरेर बसिरहेका बेला मोटरसाइकलमा आएका दुई जना व्यक्तिले रामपुकारलाई गोली प्रहार गरी फरार भएका थिए ।

टाउकोमा गोली प्रहार हुँदा गम्भीर घाइते हुनुभएका रामपुकारलाई उपचारका लागि महोत्तरीको पर्सास्थित एक स्वास्थ्य संस्थामा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतक रामपुकारको शव शनिबार बिहानसम्म सोही अस्पतालमा रहेको छ ।

शनिबार बिहान घटनाको प्रकृति मुचुल्का उठाउने काम भइरहेको सर्लाही प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले जानकारी दिनुभयो । प्रकृति मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याउने तयारी रहेको छ ।

हरिपूर्वा नगरपालिका–६ का वडाध्यक्ष रामसोगारथ राय यादवका अनुसार गोली हानेर हत्या गरिएका रामपुकार गाउँघरमा खेती किसान गर्ने र समस्यामा परेका व्यक्तिलाई ऋण लगानी गर्ने गर्नुहुन्थ्यो । उहाँले केही समय सदरमुकाम मलङ्गवाको एक निजी विद्यालयमा अध्यापन पनि गराउनुभएको बुझिएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी राईका अनुसार रामपुकारलाई गोली प्रहार गरेर फरार भएका व्यक्ति सवार मोटरसाइकल गएराति नै हरिपूर्वा नगरपालिका–७ मा दुर्घटनामा परेको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका र उनलाई लालबन्दीमा उपचार गरी थप उपचारका लागि जनकपुर लगिएको डिएसपी राईले बताउनुभयो ।

प्रहरीले ति व्यक्तिको परिचय भने गोप्य राखेको छ । घाइते व्यक्ति बोल्न सक्ने अवस्थामा छैनन् । गोली प्रहार गर्नेमध्येका अर्का व्यक्ति भने फरार रहेका प्रहरीले बताएको छ ।

प्रहरीले गोली प्रहार गर्ने व्यक्तिहरु सवार दुर्घटनामा परेको मोटरसाइकल बरामद गरेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपी राईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार