
शिब अधिकारी,रुपन्देही । नदिजन्य पदार्थ चोरीमा संलग्न चार वटा ट्याक्टर कारवाहीमा परेका छन् । बैसाख ३ गते तीन तथा बैसाख ७ गते एक गरि कुल चार ट्याक्टरलाई इलाका प्रहरी कार्यालय सालझण्डीले नियन्त्रणमा लिई कारवाही गरेको हो ।
सैनामैना नगरपालीका वडा नम्बर ८ र ११ बाट अवैध रुपमा नदिजन्य पदार्थ (माटो समेत) ओसारप्रसार गरीरहेको अवस्थामा नियन्त्रणमा लिइएका लु ४ त १९३८, लु ४ त ४०१६, लु ४ त १५७१ र लु ३ त ३३७ नम्बरको ट्याक्टरलाई सैनामैना नगरपालिकाको राजस्व शाखाबाट जरिवाना गराई पठाइएको इप्रका सालझण्डीका प्रहरी निरिक्षक खगेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
उहाँले दिएको जानकारीका अनुसार प्रति ट्याक्टर १० हजारका दरले जरिवाना गरिएको छ ।