बर्दिया : बाघ संरक्षणका लागि एक उर्वर भूमि

बर्दिया), साउन ३० गते । सन् २०१० मा रुसमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालसहित १३ देशले २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य तय गरेपछि नेपालले पनि सक्रिय संरक्षण अभियान चलायो । यसको उल्लेखनीय परिणामस्वरूप बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएको छ । सन् २०१० मा यहाँ १८ वटा मात्र बाघ रहेका थिए त्यसपछिका प्रयास पछि सन् २०२२ को बाघ गणनामा यो सङ्ख्या बढेर १२५ पुगेको छ । यसले बर्दियालाई बाघ संरक्षणका लागि एक उर्वर भूमि भएको स्पष्ट देखाएको छ । २०३२ सालमा स्थापना भएको बर्दिया राष्ट्रिय निकुञ्ज ९६८ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । बाघ संरक्षणमा सफलता पाएसँगै पर्यटक आगमन पनि बढेको छ । विदेशी पर्यटक विशेष गरी बाघ अवलोकनका लागि यहाँ आउने गरेका छन् । निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत डा. अशोककुमार रामले निकुञ्ज वरिपरि रहेको खाता कोरिडोर र घाँसे मैदान क्षेत्रमा बढी बाघ देखिने गरेको बताउनुभयो । उहाँका अनुसार २०२२ पछि बाघको पुनः गणना नभए पनि सङ्ख्या अझै बढेको हुन सक्ने विश्वास छ । पर्यटन मञ्च बर्दियाका अध्यक्ष कृष्ण भट्टराई बाघको सङ्ख्या वृद्धिमा आहारजन्य प्रजातिको वृद्धि प्रमुख कारण रहेको बताउनुभयो । २०१० मा नेपालभर जम्मा १२१ बाघ मात्र रहेका थिए भने पछिल्ला गणना अनुसार बर्दियामा मात्रै १२५ बाघ रेकर्ड गरिएका छन् ।बाघ बढेसँगै निकुञ्ज आसपासका स्थानीयलाई पनि आर्थिक लाभ भएको छ । होटेल तथा पर्यटन व्यवसाय फस्टाएको छ । ठाकुरद्वाराका होटेल व्यवसायी हेमन्त आचार्यले भन्नुभयो, “विदेशी पर्यटक केही दिन यहीँ बस्छन्, जसले हाम्रो आम्दानी बढाएको छ ।” बर्दिया राष्ट्रिय निकुञ्जमा पाटे बाघ, एकसिँगे गैँडा, चितुवा, हात्ती, जरायो, घोडगधा, लगुनालगायत ५६ प्रजातिका वन्यजन्तु पाइन्छन् । जलचरमा घडियाल गोही, मगर गोही, सोँसलगायतका माछा प्रजाति भेटिन्छन् । यहाँ ४३८ प्रजातिका चराहरू पनि बसाइँसराइ गर्दै आएका छन् ।

बर्दिया । सन् २०१० मा रुसमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालसहित १३ देशले २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य तय गरेपछि नेपालले पनि सक्रिय संरक्षण अभियान चलायो । यसको उल्लेखनीय परिणामस्वरूप बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएको छ । सन् २०१० मा यहाँ १८ वटा मात्र बाघ रहेका थिए त्यसपछिका प्रयास पछि सन् २०२२ को बाघ गणनामा यो सङ्ख्या बढेर १२५ पुगेको छ । यसले बर्दियालाई बाघ संरक्षणका लागि एक उर्वर भूमि भएको स्पष्ट देखाएको छ ।

२०३२ सालमा स्थापना भएको बर्दिया राष्ट्रिय निकुञ्ज ९६८ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । बाघ संरक्षणमा सफलता पाएसँगै पर्यटक आगमन पनि बढेको छ । विदेशी पर्यटक विशेष गरी बाघ अवलोकनका लागि यहाँ आउने गरेका छन् । निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत डा. अशोककुमार रामले निकुञ्ज वरिपरि रहेको खाता कोरिडोर र घाँसे मैदान क्षेत्रमा बढी बाघ देखिने गरेको बताउनुभयो । उहाँका अनुसार २०२२ पछि बाघको पुनः गणना नभए पनि सङ्ख्या अझै बढेको हुन सक्ने विश्वास छ ।

पर्यटन मञ्च बर्दियाका अध्यक्ष कृष्ण भट्टराई बाघको सङ्ख्या वृद्धिमा आहारजन्य प्रजातिको वृद्धि प्रमुख कारण रहेको बताउनुभयो । २०१० मा नेपालभर जम्मा १२१ बाघ मात्र रहेका थिए भने पछिल्ला गणना अनुसार बर्दियामा मात्रै १२५ बाघ रेकर्ड गरिएका छन् ।बाघ बढेसँगै निकुञ्ज आसपासका स्थानीयलाई पनि आर्थिक लाभ भएको छ । होटेल तथा पर्यटन व्यवसाय फस्टाएको छ । ठाकुरद्वाराका होटेल व्यवसायी हेमन्त आचार्यले भन्नुभयो, “विदेशी पर्यटक केही दिन यहीँ बस्छन्, जसले हाम्रो आम्दानी बढाएको छ ।”

बर्दिया राष्ट्रिय निकुञ्जमा पाटे बाघ, एकसिँगे गैँडा, चितुवा, हात्ती, जरायो, घोडगधा, लगुनालगायत ५६ प्रजातिका वन्यजन्तु पाइन्छन् । जलचरमा घडियाल गोही, मगर गोही, सोँसलगायतका माछा प्रजाति भेटिन्छन् । यहाँ ४३८ प्रजातिका चराहरू पनि बसाइँसराइ गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार