समाचार

मृत्यु
राष्ट्रिय झण्डा टाँग्ने क्रममा करेन्ट लागेर एक किशोरको मृत्यु

अछाम । राष्ट्रिय झण्डा टाँग्ने क्रममा करेन्ट लागेर बान्नीगढी जयगढ गाउँपालिकामा एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिकाको जयगढ बजारका १७ वर्षीय रोहित साउँद रहेका छन् । वयलपाटा अस्पतालमा उपचारका क्रममा...

पुरा पढ्नुहोस
टप एण्ड टी-२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले शनिबार बङ्गलादेश ‘ए’सँग खेल्दै
टप एण्ड टी-२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले बङ्गलादेश ‘ए’सँग खेल्दै

काठमाडौँ । अष्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले शनिबार बङ्गलादेश ‘ए’सँग खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे शुरु हुनेछ। यसअघि शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपाल घरेलु टोली नर्दन...

पुरा पढ्नुहोस
देवरले गरे आफ्नै भाउजूको हत्या, माइलो दाई गम्भिर घाइते
गोली प्रहार गरी एक जनाको हत्या

सर्लाही । सर्लाहीको हरिपूर्वामा शुक्रबार राति गोली प्रहार गरी एक जनाको हत्या भएको छ । हरिपूर्वा नगरपालिका–६, का ४० वर्षीय रामपुकार यादवको अज्ञात व्यक्तिले गोली प्रहार गरी हत्या गरेका हुन् । शुक्रबार राति करिब ८...

पुरा पढ्नुहोस
रास्वपाको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम शक्रबारदेखि रूपन्देहीमा सुरु
रास्वपाको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम शक्रबारदेखि रूपन्देहीमा सुरु

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम शक्रबारदेखि रूपन्देहीमा सुरु भएको छ । लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भएको दुईदिने कार्यक्रम शनिबारसम्म चल्ने छ । प्रशिक्षणको मुख्य उद्देश्य पार्टी सङ्गठनलाई पालिकास्तरसम्म विस्तार...

पुरा पढ्नुहोस
भैंसे–सिमभञ्ज्याङ सडक खण्ड पहिरोका कारण अवरुद्ध
भैंसे–सिमभञ्ज्याङ सडक खण्ड पहिरोका कारण अवरुद्ध

मकवानपुर । त्रिभुवन राजपथको भैंसे–सिमभञ्ज्याङ सडक खण्ड पहिरोका कारण शनिबार बिहानैबाट अवरुद्ध बनेको छ । त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–९ लामिडाँडास्थित सडकखण्डमा माथिबाट ढुङ्गासहित रुखहरु खसेर सडक पूर्ण रुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको...

पुरा पढ्नुहोस
विधागत पत्रकारितामा स्वास्थ्य विधा बढी महत्वपूर्ण : सभामुख घिमिरे
विधागत पत्रकारितामा स्वास्थ्य विधा बढी महत्वपूर्ण : सभामुख घिमिरे

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विधागत पत्रकारितामा स्वास्थ्य विधा बढी महत्वपूर्ण रहेको बताएका छन् । शुक्रबार स्वास्थ्य पत्रकार मञ्च नेपालको दशौँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्वोधन गर्दै उनले यस्तो बताएका हुन्...

पुरा पढ्नुहोस
पक्राउ
चार लागुऔषध कारोबारी पक्राउ

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको बसपार्कमा आज प्रहरीले गोली हानेर लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेको छ। प्रहरीले लागुऔषध कारोवारमा संलग्न रहेका दुई जनालाई सुरूमा पक्राउ गरेको र दुई जनाले प्रहरीमाथि ढुङ्गामुढा...

पुरा पढ्नुहोस
पाकिस्तानमा वर्षाका कारण कम्तीमा ५० जनाको मृत्यु
पाकिस्तानमा वर्षाका कारण कम्तीमा ५० जनाको मृत्यु

पाकिस्तान । भारी मनसुनी वर्षाले उत्तरी पाकिस्तानमा बाढी र आकस्मिक डुबान निम्त्याउँदा कम्तीमा ५० जनाको मृत्यु हुनुका साथै अन्य धेरै जना बाढीका कारण भत्किएका घरको भग्नावशेषमा फसेको विपद् व्यवस्थापन निकायका अधिकारीहरूले शुक्रबार बताएका छन् । खैबर...

पुरा पढ्नुहोस
प्रधानमन्त्री
सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्छ : प्रधानमन्त्री

ललितपुर ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्ने बताउनुभएको छ । आइसिटी फाउण्डेशनद्वारा आज यहाँ आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ को उद्घाटनसत्रमा प्रधानमन्त्री ओलीले सबै सामाजिक सञ्जाल...

पुरा पढ्नुहोस
बर्दिया), साउन ३० गते । सन् २०१० मा रुसमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालसहित १३ देशले २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य तय गरेपछि नेपालले पनि सक्रिय संरक्षण अभियान चलायो । यसको उल्लेखनीय परिणामस्वरूप बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएको छ । सन् २०१० मा यहाँ १८ वटा मात्र बाघ रहेका थिए त्यसपछिका प्रयास पछि सन् २०२२ को बाघ गणनामा यो सङ्ख्या बढेर १२५ पुगेको छ । यसले बर्दियालाई बाघ संरक्षणका लागि एक उर्वर भूमि भएको स्पष्ट देखाएको छ । २०३२ सालमा स्थापना भएको बर्दिया राष्ट्रिय निकुञ्ज ९६८ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । बाघ संरक्षणमा सफलता पाएसँगै पर्यटक आगमन पनि बढेको छ । विदेशी पर्यटक विशेष गरी बाघ अवलोकनका लागि यहाँ आउने गरेका छन् । निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत डा. अशोककुमार रामले निकुञ्ज वरिपरि रहेको खाता कोरिडोर र घाँसे मैदान क्षेत्रमा बढी बाघ देखिने गरेको बताउनुभयो । उहाँका अनुसार २०२२ पछि बाघको पुनः गणना नभए पनि सङ्ख्या अझै बढेको हुन सक्ने विश्वास छ । पर्यटन मञ्च बर्दियाका अध्यक्ष कृष्ण भट्टराई बाघको सङ्ख्या वृद्धिमा आहारजन्य प्रजातिको वृद्धि प्रमुख कारण रहेको बताउनुभयो । २०१० मा नेपालभर जम्मा १२१ बाघ मात्र रहेका थिए भने पछिल्ला गणना अनुसार बर्दियामा मात्रै १२५ बाघ रेकर्ड गरिएका छन् ।बाघ बढेसँगै निकुञ्ज आसपासका स्थानीयलाई पनि आर्थिक लाभ भएको छ । होटेल तथा पर्यटन व्यवसाय फस्टाएको छ । ठाकुरद्वाराका होटेल व्यवसायी हेमन्त आचार्यले भन्नुभयो, “विदेशी पर्यटक केही दिन यहीँ बस्छन्, जसले हाम्रो आम्दानी बढाएको छ ।” बर्दिया राष्ट्रिय निकुञ्जमा पाटे बाघ, एकसिँगे गैँडा, चितुवा, हात्ती, जरायो, घोडगधा, लगुनालगायत ५६ प्रजातिका वन्यजन्तु पाइन्छन् । जलचरमा घडियाल गोही, मगर गोही, सोँसलगायतका माछा प्रजाति भेटिन्छन् । यहाँ ४३८ प्रजातिका चराहरू पनि बसाइँसराइ गर्दै आएका छन् ।
बर्दिया : बाघ संरक्षणका लागि एक उर्वर भूमि

बर्दिया । सन् २०१० मा रुसमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालसहित १३ देशले २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य तय गरेपछि नेपालले पनि सक्रिय संरक्षण अभियान चलायो । यसको उल्लेखनीय परिणामस्वरूप बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको...

पुरा पढ्नुहोस