
काठमाडौं । भिजिट भिसा प्रकरणलाई लिएर सदन अवरोध गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार पनि निरन्तरता दिँदैछ । उक्त प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उनीमाथि उच्चस्तरीय छानबिन माग गर्दै रास्वपाले लामो समयदेखि सदनमा अवरोध गर्दै आएका छन् ।
मंगलबार रास्वपा सांसदहरू निलो रङको रिवनसहित संसद भवन पुगेका छन्। रास्वपाका कार्यवाहक प्रवक्ता एवं सांसद मनिष झाले भने, ‘मानव तस्करी विरुद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘निलो रिबन’ को प्रतीकले जनाउँछ। आज रास्वपाका सबै सांसदले संघीय सदनमा नीलो रिवन लगाएर मानव तस्करीको विरोध गर्दैछौं।’
प्रमुख प्रतिपक्षी माओवादीलाई हात लिएर सत्तारुढ कांग्रेस–एमाले पेलेर अघि बढिरहेका छन्। माओवादी सत्तापक्षसँग सहमति गरेर पछि हटेपनि रास्वपा र राप्रपाले संसद्मा गृहमन्त्री लेखक विरुद्धको आन्दोलन रोकेका छैनन्।