जनप्रतिनिधिको अनौठो कर्म,कुकुर मरेपछि नौ दिनसम्म काजकिरिया

जनप्रतिनिधिको अनौठो कर्म,कुकुर मरेपछि नौ दिनसम्म काजकिरिया

काठमाडौं । मानिसको मृत्युपछि काजकिरिया गर्नु सामान्य हो तर, दाङमा एक जना जनप्रतिनिधिले आफूले घरमा पालेको कुकुरको मृत्यु भएपछि नौ दिनसम्म काजकिरिया गरेका छन । जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ का वडा सदस्य शशीधर पौडेलले आफूले घरमा पाल्दै आएको कुकुर रमीको काजकिरिया गरेका हुन ।

पौडेलले पालेको कुकुरको साउन ६ गते ९ बर्षको उमेरमा मृत्यु भएको थियो । कुकुरको मृत्यु भएपछि पौडेलले नवौं दिनको दिन छिमेकी ,जनप्रतिनिधिसमेतको उपस्थितीमा श्रद्धाञ्जली सभा समेत सम्पन्न गरेको तुलसीपुर उपमहानगरपालिका मेयर टिकाराम खड्काले पहिलो आवाजसँगग पुष्टि गर्नुभयो ।

हाल जनप्रतिनिधि पौडेलले गरेको कुकुरको काजकिरियाको बिषय सामाजिक सञ्जालमा भाइरल भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार