प्रहरीको तीन बर्षे तथ्यांकमा जबरजस्ती करणीका घटना उच्च

जबरजस्ती करणी गरेको आरोपमा रुपन्देहीमा ५० बर्षीय पुरुष पक्राउ

काठमाडौं । नेपालमा अन्य आपराधिक घटनाका तुलनामा पछिल्ला तीन आर्थिक बर्षमा जबरजस्ती करणीका घटना उच्च देखिएका छन । प्रहरीले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार तीन आर्थिक वर्षमा ७ हजार १ सय ४७ वटा जबरजस्ती करणी तथा १ हजार ४ सय ३७ वटा जबरजस्ती करणी उद्योग सम्बन्धी घटना दर्ता भएका हुन ।

सो अवधिमा कुल १ लाख ७३ हजार ९ सय ९८ अपराधका घटना दर्ता भएको प्रहरी प्रतिवेदनमा उल्लेख छ । जसमा आर्थिक बर्ष ७९/८० मा ५६ हजार ३ सय २३, आर्थिक बर्ष ८०/८१ मा ५९ हजार २ सय २ घटना प्रहरीमा दर्ता भएका छन ।

आर्थिक बर्ष ८१/८२ मा भने घटना दर्ताको संख्या १ दशमलव २३ प्रतिशतले घटेको प्रहरीले जनाएको छ । सो अवधिमा कुल ५८ हजार ४ सय ७२ अपराधका घटना दर्ता भएका छन ।

यस्तै, तथ्यांकले अन्य स्थानमा भन्दा काठमाडौं उपत्यकामा अपराधका घटनाहरु बढी हुने देखाएको छ । आर्थिक बर्ष ८१/८२ मा उपत्यकामा १६ हजार ५ सय ७५ घटना दर्ता भएका छन ।

प्रदेशतर्फ भने मधेशमा सबै भन्दा धेरै ९ हजार ५ सय ९९ घटना दर्ता हुँदा सबैभन्दा कम कर्णाली प्रदेशमा १ हजार ९ सय ८७ घटना दर्ता भएका छन ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार