
काठमाडौं । रुपन्देहीको सैनामैना नगरपालिका ८ मा दिउँसै चोरी गर्ने युवकको पहिचान खुलेको छ । रामापुरका भुपाल भण्डारीको घरमा चोरी गर्दै गरेको सीसीटिभी फुटेजका आधारमा उनको पहिचान भएको बताइएको छ ।
चोरीमा संलग्न रहेका युवक सतिश कण्डेल रहेको स्रोतको दावी छ । स्रोतले दिएको जानकारीका अनुसार सतिश यस अघि पनि पटक-पटक आपराधिक क्रियाकलापमा संलग्न रहँदै आएका थिए । उनि कपिलवस्तुको विजयनगर ४ का वडाध्यक्ष तिलकराज कण्डेलका छोरा हुन । हाल उनि फरार रहेका छन ।
सतिश घरमा नभएको वडाध्यक्षसमेत रहेका उनका बुबा तिलकराजले पहिलो आवाज डटकमसँग पुष्टि गर्दै भने ‘तीन महिना, छ महिनामा घर आउँछ अहिले पनि घरमा छैन । घरमा आएपनि मेरो अघि पर्दैन ।’
प्रहरीले पटक-पटक छोरालई पक्राउ गरेको खबर पाउने गरेको बताएका तिलकराजले आफू छोरा सतिशबाट आजित भएको सुनाउँदै अब सुधार केन्द्रमा राखिदिने तयारीमा रहेको पनि जानकारी दिए ।
छोराका कारण समाजमा मुख देखाउन नसक्ने भएको छु भनेका उनले ड्रग्स सेवन पनि गर्ने गरेको खबर पाएको बताए । उनले सतिशलाई कसैले देखेमा प्रहरीमा बुझाइदिन पनि अनुरोध गरेका छन ।
यता, प्रहरीले पनि उनको खोजी कार्यलाई तिव्रताका साथ अघि बढाएको बताए पनि पछिल्ला केही दिन यता सैनामैना क्षेत्रमा चोरीका घटना बढ्दै गएका छन ।
@pahiloawajofficial रुपन्देहीको सैनामैनामा दिउँसै दुई घरमा चो*री #robbery #pahiloawaj #News ♬ original sound – Pahilo Awaj