सैनामैना सेवा समाज यूएईको तीज धमाका २०२५ भोलि

सैनामैना सेवा समाज यूएईको तीज धमाका २०२५ भोलि

काठमाडौं । वैदेशिक रोजगारको शिलशिलामा यूएईमा रहेका सैनामैना वासीहरुको संस्था सैनामैना सेवा समाज यूएईको आयोजनामा भोलि आइतबार तीज धमाका २०२५ आयोजना हुँदैछ । गरिब तथा अशहाय विद्यार्थीहरुका लागि अक्षयकोष निर्माणार्थ कार्यक्रम हुन लागेको हो ।

कार्यक्रम युएईको दुबईस्थित बरदुबईको क्लब एभरेस्ट याक एण्ड यतिमा हुँदैछ । कार्यक्रममा नेपालका चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारी र गायीका मञ्जु भट्टराईको मुख्य प्रस्तुती रहने आयोजकले जनाएको छ ।

संस्थाका संरक्षक एवम् कार्यक्रम संयोजक युवराज भट्टराईका अनुसार कार्यक्रम आइतबार दिउँसो १ बजेबाट सुरु हुनेछ । तीज धमाका २०२५ मा यूएईमा रहेका कलाकारहरुको पनि बेजोड प्रस्तुती रहने छ ।

कार्यक्रमको उद्घोषण समाजका महासचिव तथा कुशल उद्घोषक सुरेन्द्र परियारले गर्ने छन । कार्यक्रममा नेपाली परिकारहरुको स्वादमा पनि रमाउन सकिने आयोजकले जानकारी दिएको छ ।

सन् २०१८ देखि विदेशमा पहिचान समृद्ध सैनामैना हाम्रो अभियान भन्ने मुल नाराका साथ सेवा दिँदै आएको समाजले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि तीज धमका आयोजना गर्न लागेको र उक्त कार्यक्रममा यूएईमा रहनुहुने सम्पूर्ण नेपालीहरुलाई सहभागीता जनाउन समेत समाजले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार