बाढीपीडित नेपालीका लागि सहयोग गर्न सीएनएनको अपिल

नेपालमा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्न अमेरिकी समाचार संस्था सीएनएनले विश्व समुदायसमक्ष अपिल गरेको छ ।

काठमाडौँ । नेपालमा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्न अमेरिकी समाचार संस्था सीएनएनले विश्व समुदायसमक्ष अपिल गरेको छ ।

सीएनएनको ‘इम्प्याक्ट योर वल्र्ड’ अन्तर्गत प्रकाशित सामग्रीमा चीन र नेपालमा बुधबार आएको विनाशकारी बाढीले कैयौँ समुदायलाई गम्भीर रूपमा प्रभावित बनाएको उल्लेख गर्दै बाढीपीडितलाई सहयोग गर्न आह्वान गरिएको हो ।

सीएनएनका अनुसार बाढीपछि १ हजार ९ सयभन्दा बढी मानिस बेपत्ता छन् । सञ्चार सम्पर्क, विद्युत् तथा आवश्यक स्रोतसाधनमा आएको अवरोधले खोज तथा उद्धार कार्यसमेत प्रभावित भइरहेको समाचारमा उल्लेख छ ।

बाढीका कारण हजारौँ मानिस विस्थापित भएको भन्दै सीएनएनले प्रभावित क्षेत्रमा विभिन्न सहायता समूहका राहत टोली परिचालन भइसकेको जनाएको छ । ती टोलीले स्वच्छता सामग्री, खाद्यान्न, सुरक्षित खानेपानी तथा स्वास्थ्यसम्बन्धी सहायता वितरण गरिरहेका छन् ।

सीएनएनले आफ्ना पाठक तथा विश्वभरका सहयोगीलाई बाढीपीडित नेपालीका लागि आर्थिक सहयोग गर्न आग्रह गर्दै प्लेज मार्फत दान गर्न सकिने व्यवस्था गरेको छ । सीएनएनले स्थलमै काम गरिरहेका र सहायता अभियान सञ्चालन गरिरहेका संस्थाहरूको अनुगमन गर्दै थप विश्वसनीय संस्थाहरूलाई आफ्नो सूचीमा समावेश गर्दै जाने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation