बाढीपीडितको राहतका लागि क्यानले ३० लाख सहयोग गर्ने

नेपाल क्रिकेट संघ

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले हालै देशका विभिन्न भागमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुन: स्थापनाका लागि ३० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

क्यानले उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ।

IMG_0934-1787985608.jpeg

क्यानले प्राकृतिक विपद्बाट प्रभावित परिवार तथा समुदायप्रति गहिरो दुःख व्यक्त गर्दै कठिन परिस्थितिमा प्रभावित नागरिकको साथमा रहेको जनाएको छ।

उद्धार, राहत तथा पुनः स्थापनाका कार्यमा आवश्यक सहयोग र सहकार्यका लागि क्यान सदैव प्रतिबद्ध रहने सचिव पारस खड्काले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation