विनाशकारी बाढीपछि परराष्ट्रमन्त्री खनाल सर्बिया भ्रमणमा नजाने

रसुवा, नुवाकोटलगायतका क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि मन्त्री खनाल सबिया भ्रमणमा नजाने भएका हुन्।
विनाशकारी बाढीपछि

काठमाडौँ । विनाशकारी बाढीपछि परराष्ट्रमन्त्री शिशिर खनालकाे सर्बिया भ्रमण स्थगित भएकाे छ। उनी असंलग्न आन्दोलन (नाम) को उच्चस्तरीय स्मरणसभा (हाई–लेभल कमेमोरेटिभ मिटिङ) मा सहभागी हुन आइतबार सर्बिया जाने कार्यक्रम थियो।

राजधानी बेलग्रेडमा भदौ १५ र १६ गते (अगस्ट ३१ र सेप्टेम्बर १) उक्त उच्चस्तरीय स्मरणसभा आयोजना हुँदैछ। मन्त्रिपरिषद्को साउन २६ गतेको निर्णयअनुसार परराष्ट्रमन्त्री खनालको नेतृत्वमा तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डल उक्त कार्यक्रममा सहभागी हुने तयारी गरिएको थियो।

तर, रसुवा, नुवाकोटलगायतका क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि मन्त्री खनाल सबिया भ्रमणमा नजाने भएका हुन्।

अब नेपालको तर्फबाट उक्त कार्यक्रममा परराष्ट्र मन्त्रालयको संयुक्त राष्ट्रसंघ तथा विशिष्टीकृत संघसंस्था महाशाखाका प्रमुख कृष्णप्रसाद ढकालको नेतृत्वमा दुई सदस्यीय प्रतिनिधिमण्डल सहभागी हुनेछ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation