चीनको केरुङ नाकामा पहिरो : ७ जनाको मृत्यु, ५५४ जना बेपत्ता

चीनको केरुङ नाकामा पहिरो : ७ जनाको मृत्यु, ५५४ जना बेपत्ता

काठमाडाैँ । चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित नेपाल–चीन सीमावर्ती केरुङ (जिरोङ) नाकामा गएको भीषण पहिरोमा परी कम्तीमा ७ जनाको मृत्यु भएको छ भने ५५४ जना बेपत्ता भएका छन्। स्थानीय अधिकारीहरूले दिएको जानकारीअनुसार बेपत्ताहरूको खोजीका लागि अहिले सो क्षेत्रमा व्यापक उद्धार अभियान सञ्चालन भइरहेको छ।

शनिवार बिहान ९ः३० बजेदेखि सिचुआन अग्नि नियन्त्रण तथा उद्धार कोरका उद्धारकर्मीहरूले विपद्ग्रस्त मुख्य क्षेत्र (कोर जोन) मा खोजी कार्य जारी राखेका छन्। उद्धार टोलीले मेसिनरी उपकरणका साथै मानवीय माध्यमबाट पनि घाइते तथा बेपत्ताहरूको खोजी गरिरहेको जनाइएको छ।

उद्धार कार्यमा संलग्न टोलीकाअनुसार अगस्ट २९, २०२६ को बिहानसम्म सिचुआन अग्नि नियन्त्रण तथा उद्धार कोरको स्थलगत टोलीले प्रभावित क्षेत्रको केन्द्रभागमा केन्द्रित रहेर खोजतलास कार्यलाई तीव्रता दिएको छ।

नेपाल र चीन जोड्ने प्रमुख व्यापारिक नाकामध्येको एक केरुङमा गएको यो प्राकृतिक विपत्तिका कारण ठूलो मानवीय क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। हाल सो क्षेत्रको स्थिति र उद्धारको थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation