गोरखा । आरूघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमसेन श्रेष्ठको विदाई कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार आयोजित कार्यक्रममा लामो समयदेखि गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका श्रेष्ठ गृहमन्त्रालयमा सरूवा भएसँगै गाँउपालिका अध्यक्षले विदाई गरेका हुन् ।
कार्यक्रममा गाँउपालिका अध्यक्ष राजु गुरूङ, भिमोदय मा विका प्रधानाध्यापक मन प्रसाद बञ्जारासहित गाउँपालिकामा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको थियो । श्रेष्ठलाई विदाई गर्दै अध्यक्षले उनको योगदानको प्रशंसा गर्दै आगामी कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए ।








