आर्या फार्माल्याबको सामाजिक उत्तरदायित्व अर्न्तगत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं । बाढी तथा विपद् प्रभावित नागरिकलाई समुदायमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आर्या फार्माल्याब र चितवन मेडिकल कलेजको सहकार्यमा नुवाकोटमा सञ्चालित सामुदायिक स्वास्थ्य
शिविर सफलतापूर्वक सम्पन्न भएको छ ।

भदौ ३१ गतेदेखी असोज ५ गतेसंम्म नुवाकोटका विभिन्न क्षेत्रमा संन्चालीत स्वास्थ्य शिविरमा कुल ६७५ जना बिरामीले स्वास्थ्य सेवा लिएका थियो । शिविरमा विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य परीक्षण तथा चिकित्सकीय परामर्श प्रदान गर्नुका साथै १२० जनाको अल्ट्रासाउन्ड (ग्क्न्) परीक्षण गरिएको थियो ।

शिविरमार्फत स्थानीय तथा प्रभावित समुदायका नागरिकलाई आवश्यक स्वास्थ्य परामर्श, परीक्षण तथा उपचारसम्बन्धी सेवा उपलब्ध गराइएको थियो । थप उपचार आवश्यक पर्ने बिरामीलाई सम्बन्धित स्वास्थ्य संस्थामा रेफर गर्ने व्यवस्था समेत गरिएको थियो ।

आर्या फार्माल्याबले विपद्को कठिन समयमा प्रभावित नागरिकको स्वास्थ्य तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै आगामी दिनमा पनि आवश्यक सहयोग तथा स्वास्थ्य सेवाका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

यसअघि आर्या फार्माल्याबले विपद् प्रभावितका लागि रु ८२ लाख भन्दा वढी औषधिजन्य सामग्री सहयोग स्वरुप नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation