एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन NAIMA कोआग्रह

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्सएन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) कोप्रतिनिधिमण्डलले बिहीबार माननीय उद्योग, वाणिज्य तथाआपूर्ति मन्त्री दीपक कुमार साहसँग भेट गरी एजेन्सीदर्तासम्बन्धी नियमले अटोमोबाइल व्यवसायमा पारेकोप्रभावबारे छलफल गरेको छ।

 NAIMA ले एजेन्सी दर्ता गर्दा वा नयाँ वस्तु थप्दा कम्पनीकोपुँजीको ०.५ प्रतिशत धरौटी बुझाउनुपर्ने व्यवस्था र नियममा‘वस्तु’को परिभाषा स्पष्ट नभएको विषयमा मन्त्रीकोध्यानाकर्षण गराएको छ। एउटै ब्रान्डका विभिन्न मोडेललाईअलग–अलग वस्तु मानी प्रत्येक मोडेलका लागि छुट्टाछुट्टैधरौटी मागिँदा व्यवसायीको ठूलो रकम रोकिने र आर्थिक भारथपिने NAIMA ले जनाएको छ। NAIMA ले ‘वस्तु’कोपरिभाषा स्पष्ट गर्न र एउटै ब्रान्डका विभिन्न मोडेलका लागिछुट्टाछुट्टै धरौटी लिनुपर्ने व्यवस्था हटाउन आग्रह गरेको छ। यसविषयमा NAIMA ले यसअघि पनि मन्त्रालयमा लिखितसुझाव पेस गरिसकेको छ।

 छलफलका क्रममा मन्त्री साहले NAIMA ले उठाएकाविषयलाई सकारात्मक रूपमा लिँदै यसअघि भएकानिर्णयहरूको पुनरावलोकन गर्न र एजेन्सी दर्तासम्बन्धीनियमलाई व्यवसायी तथा उद्यमीमैत्री बनाउने गरी आवश्यकप्रक्रिया अघि बढाइने बताउनुभएको छ। NAIMA लेमन्त्रालयको सकारात्मक पहलप्रति आभार व्यक्त गर्दै नियमपुनरावलोकनका क्रममा आवश्यक तथ्य, विवरण र सुझावउपलब्ध गराई मन्त्रालयसँग सहकार्य गर्न तयार रहेको जनाएकोछ।

भेटमा NAIMA का बोर्ड सदस्यहरू निराकार श्रेष्ठ र उदयनकाब्रा, रणनीति तथा सदस्यता मामिला समितिका संयोजकआकाश गोल्छा, NAIMA का सदस्य कम्पनीहरू Shasheela Motors Pvt. Ltd., Omni Motors Pvt. Ltd., Spark Automotives Pvt. Ltd. र Continental Trading Enterprises का प्रतिनिधिहरू तथा NAIMA का कार्यकारीनिर्देशक राजकुमार दुलालसहितको टोली सहभागी थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation