काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ । कांग्रेसले बिहीबार फेसबुकमार्फत महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको हो ।
कांग्रेसले महाधिवेशनका लागि ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ भन्ने नारा तय गरेको छ ।









