शिब अधिकारी ,सैनामैना । विद्यालयको ६१ औं वार्षिकोत्सब तथा अभिभावक दिवसको आवसर पारेर रामापुर माध्यमिक विद्यालयले खेलकुद तथा रचनात्मक क्रियाकलापहरु सञ्चालन गर्न थालेको छ ।
शुक्रबार (हिजो)बाट वार्षिकोत्सबका कार्यक्रमहरु आगाडी बढाइए पनि सैनामैना नगरपालिका प्रमुख फडेन्द्र शर्माले आज कार्यक्रमहरुको औपचारिक उद्घाटन गर्नुभएको हो ।
विद्यालयको प्राङ्गणमा व्यवस्थापन समिति अध्यक्ष बिष्णु प्रसाद पाण्डेको अध्यक्षता, मेयर शर्माको प्रमुख आतिथ्यता, प्राचार्य कृष्ण प्रसाद पौडेल, विभिन्न विद्यालयका प्रतिनिधी शिक्षक लगायतको उपस्थितीमा भएको कार्यक्रममा आज शिक्षकहरु बीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता तथा नगर स्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
हिजो हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको विद्यालय प्रशासनले जानकारी दिएको छ ।
आज भएको नगर स्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगितामा कलौनी कान्तिपुर स्कुलका रमित ज्ञवाली प्रथम, जनज्योती आधारभूत विद्यालयका शरद पाण्डे द्वितीय, आयोजक रामापुर मावि की सुनिशा पाण्डे तृतीय र सिद्धार्थ मेमोरियल एकेडेमीका ओशिन श्रेष्ठ तथा जनकल्याण मावि की आकृति खड्का सान्त्वना भएका छन् ।
यता, शिक्षकहरुबीच भएको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा सैनामैनाको रानीबगियामा रहेको लिटिल वर्डस् इङलिस स्कुल विजयी भएको छ । प्रतिस्पर्धात्मक भएको खेलमा आयोजक रामापुर माध्यमिक विद्यालय द्वितीय हुँदा जनचेतना माध्यमिक विद्यालयले तृतीय स्थान हात पारेको छ ।
भलिबलमा प्रथम हुने टोलीले एप्पल ईन्टरनेश्नल एजुकेशनका तर्फबाट ५ हजार प्राप्त गर्ने छन् । त्यस्तै, दोस्रो हुने टोलीले प्रफेक्ट क्म्प्युटर एण्ड आईटी शोलुशनका तर्फबाट ३ हजार र तेस्रो हुने टोलीले मलमला ड्राईभिङका तर्फबाट २ हजार प्राप्त गर्ने विद्यालयले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न सैनामैना छापाखानाले आर्थिक सहयोग गरेको थियो भने खनाल बुक्स एण्ड स्टेशनरीले रामापुर माविको जर्सी सौजन्य गरेको थियो ।