म माथि झुटो आरोप लगाइयो : पालिका अध्यक्ष गुरुङ

म माथि झुटो आरोप लगाइयो पालिका अध्यक्ष गुरुङ

काठमाडौं । गोरखाको आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङले आफु माथि लागेको ठगीको आरोप झुटो भएको बताएका छन । उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आफू माथि दक्षिण कोरियाको सिजनल भिसा दिलाउने नाममा ठूलो रकम संकलन गरेको भन्दै भ्रम फैलाइएको बताएका हुन ।

गुरुङले व्यक्तिगत रिसिबी लिई आफू माथि झुठो आरोप लगाईएको फेसबुकमा लेखेका छन । उनि माथि सिजनल भिसा दिलाइदिने भन्दै प्रति व्यक्ति आठ लाख रुपैयाँ संकलन गरेको भन्दै सत्यसंवाद डटकम अनलाइनले समाचार लेखेको थियो ।

हाल उक्त अनलाइनले समाचार हटाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार