गोरखामा आरुटार युथ सोसाईटी गठन, खेल मैदान निर्माण गर्ने लक्ष्य

आरुटार युथ सोसाईटी

काठमाडौं । गोरखाको आरुघाटमा आरुटार युथ सोसाईटी गठन भएको छ । सुवास वि.क.को अध्यक्षतामा क्लब गठन भएको हो ।

सात सदसिय क्लबको उपाध्यक्षमा अन्जन खड्का, सचिवमा मनिस नेपाली, सहसचिवमा शोभा श्रेष्ठ, कोषाध्क्षमा आरति श्रेष्ठ, सदस्यहरुमा अभि नेपाली र प्रशान्त उपरकोटी रहेका छन ।

क्लब सामाजिक कार्यमा तथा खेलकुदको विकासमा योगदान दिने हेतुले गठन गरेको अध्यक्ष सुवासले जानकारी दिए । उनले दिएको जानकारीका अनुसार हरेक बर्ष आरुटारमा फुटबल प्रतियोगिता आयोजना गर्ने, खेल मैदान निर्माण गर्ने तथा चैत्र महिना भित्र सो क्षेत्रका सामुदायीक विद्यालयहरुमा पुस्तकालय निर्माण गरिदिने लक्ष्य क्लबको रहेको छ ।

क्लबले यहि महिना १ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार राशीको तेस्रो आरुटार कप फुटबल प्रतियोगिता समेत आयोजना गर्दैछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार