
काठमाडौँ । डा. निकोलस भुसाल पक्राउ परेका छन । प्रहरीले काठमाडौँको माइतीघर मण्डलाबाट भुसाललाई पक्राउ गरेको हो ।
भुसालसहित प्रहरीले सञ्जीव दाहाल र अर्का एक जनालाई पनि पक्राउ गरेको बताएको छ । हाल उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ ।
माइतीघर क्षेत्रमा डा. निकोलस भुसाल नेतृत्वको समूहले शान्तिपूर्ण प्रदर्शन गर्ने बताइएको थियो ।