सरकारको साथ माग्दै माइतीघरमा प्रदर्शन गरिरहेका जेनजी युनाइटेडको टोली पक्राउ

सरकारको साथ माग्दै माइतीघरमा प्रदर्शन गरिरहेका जेनजी युनाइटेडको टोली पक्राउ

काठमाडौं । प्रशासनको अनुमति नलिई काठमाडौंको माइतीघरमा प्रदर्शन गर्न खोज्ने केही युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शनिबार जनेजी युनाइटेडका नाममा प्रदर्शन गर्न माइतीघर पुगेका ५० भन्दा बढी युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

यसअघि उनीहरूले बिहीबार र शुक्रबार पनि माइतीघरमा प्रदर्शन गरेका थिए। प्रशासनको अनुमति नलिई निरन्तर रूपमा प्रदर्शन गर्न थालेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

जेनजीहरु एकजुट हुनुपर्ने भन्दै युवाहरूले प्रदर्शन गर्न खोजेका थिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार