
काठमाडौं । अल्ट्राभोइलेटले काठमाडौंदेखि ककनीसम्म अल्ट्राभोइलेट टेष्ट राइड आयोजना गर्ने भएको छ ।
नेपालका लागि अल्ट्राभोइलेटको आधिकारिक वितरक केडिया समूहले यहीँ शनिबार(चैत ३०) गते काठमाडौं देखि ककनीसम्मको टेष्ट राइड आयोजना गर्ने भएको हो ।
केडिया अर्गनाइजेसनका बिजनेश हेड नवराज कोइरालाका अनुसार अल्ट्राभोइलेट राइडमा अल्ट्राभोइलेटसँगै अन्य २५० सीसी माथिको कुनै पनि कम्पनीको बाइक लिएर राइडरले सहभागीहुन सक्ने छन् । अफरोड र अनरोड दुवैको अनुभवका लागि टेष्ट राइड आयोजना गरिएको उनको भनाइ छ ।
बाइक र प्रेट्रोल खर्च बाहेक अन्य खर्च कम्पनीले व्यहोर्ने कोइरालाले बताए ।
नेपाली बजारमा अल्ट्राभोइलेट एफ ७७ को मूल्य १० लाख ७५ हजार रुपैयाँ रहेको छ ।
यो राइडमा सहभागी हुन एउटा् फर्म अनलाइन बाट भर्नुपर्नेछ र कल मार्फत पनि पुर्व जानकारी गराएर सहभागी हुन सकिनेछ ।