रूपन्देहीमा पिकअप दुर्घटना, १ जनाको मृत्यु १८ जना घाईते

रूपन्देहीमा पिकअप दुर्घटना, १ जनाको मृत्यु १८ जना घाईते

रूपन्देहीको लुम्बिनीमा पिकअप दुर्घटना हुदा एक जना बालिकाको मृत्यु भएको छ भने अन्य १८ जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक सुरज कार्कीका अनुसार मृतक र घाईतेहरुको विस्तृत विवरण अझै खुल्न सकेको छैन ।

कार्कीका अनुसार सोमबार साँझ करिब सवा ५ बजे लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ७ मा लु १ च २७६३ नम्बरको पिकअप भ्यान मोडमा आफै अनियन्त्रित भई पल्टिएको थियो । लुम्बिनीबाट मुण्डन संस्कार गरि घर फर्किने बेला मोडमा अनियन्त्रित भई पल्टिदा उपचारको क्रममा करिब १२ वर्षिय एक वालिकाको मृत्यु भएको छ । यस्तै अन्य १८ जना घाईते भएको कार्कीले जानकारी दिए ।

घाईतेहरुको भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा उपचार भईरहेकोमा २ जनाको अवश्था गम्भिर रहेको र अन्यको सामान्य रहेको कार्कीले बताए । उपचार गराईरहेका सबै घाईतेहरु रुपन्देहीकै भए पनि उनिहरु बारे समाचार तयार पार्दा सम्म विस्तृत विवरण खुलीसकेको छैन । गाडी चालक जिल्ला कपिलवस्तु शुद्धोधन गाउँपालिका वडा नम्बर ४ बस्ने २६ वर्षिय अशोक पासीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार