सैनामैना दुर्घटनाका गम्भिर घाईते आमाछोरालाई काठमाडौं पठाइयो

सैनामैना दुर्घटनाका गम्भिर घाईते आमाछोरालाई काठमाडौं पठाइयो

शिब अधिकारी, सैनामैना । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तरगत रुपन्देहीको सैनामैना नगरपालिका १ बनकट्टामा विङगर र फलपूल बोकेको बोलेरो जिप एक आपसमा ठोकिएर गम्भिर घाईते भएका दुई जनालाई काठमाडौं रिफर गरिएको छ ।

सालझण्डीबाट बुटवलतर्फ जाँदै गरेको पश्चिम नेपाल बस व्यवसायी संघको लु १ ज ४२८९ नम्बरको विङगर र बुटवलबाट पश्चिम तर्फ आउँदै गरेको लु १ च ६७४७ नम्बरको बोलेरो जिप ठोकिए भएको दुर्घटनामा गम्भिर घाईते भएका आमा छोरालाई काठमाडौं पठाईएको ईलाका प्रहरी कार्यालय रन्यौरा मुर्गियाका प्रहरी निरिक्षक आदित्य राज बिष्टले बताउनुभयो ।

बिष्टका अनुसार कपिलबस्तुको ४ नम्बर घर भएकी २२ बर्षिय तारा बुढा मगर र उनका तीन बर्षिय छोरा रियान बुढा मगरको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार सम्भव नभएपछि काठमाडौं पठाईएको जानकारी प्राप्त भएको हो ।

दुर्घटनामा घाईते भएका अन्य ६ जनाको भने लुम्बिनी प्रादेशिक अस्पतालमा नै उपचार भईरहेको छ ।

गम्भिर घाईते

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार