सैनामैनामा दुर्घटना हुँदा ८ जना घाईते, २ को अवस्था गम्भीर

सैनामैनामा दुर्घटना हुँदा ८ जना घाईते, २ को अवस्था गम्भीर

शिब अधिकारी, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका १ बनकट्टामा विङगर र फलपूल बोकेको बोलेरो जिप एक आपसमा ठोकिएका छन् ।

सालझण्डीबाट बुटवलतर्फ जाँदै गरेको पश्चिम नेपाल बस व्यवसायी संघको लु १ ज ४२८९ नम्बरको विङगर र बुटवलबाट पश्चिम तर्फ आउँदै गरेको लु १ च ६७४७ नम्बरको बोलेरो जिप ठोकिए दुर्घटना भएको ईलाका प्रहरी कार्यालय रन्यौरा मुर्गियाले जनाएको छ ।

दुर्घटनामा ८ जना घाईते भएको ईलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरिक्षक आदित्य राज बिष्टले बताउनुभयो । उहाँले दिएको जानकारी अनुसार दुर्घटनामा परि घाईते भएका ६ जना सामान्य २ जनाको अवस्था गम्भिर रहेको छ ।

घाईते सबैलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाईको र घटनाको अनुसन्धान भईरहेको निरिक्षक बिष्टले पहिलो आवाज डटकमलाई जानकारी दिनुभयो ।

सैनामैनामा दुर्घटना

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार