
काठमाडौं । राजावादी समूहको प्रदर्शन उग्र बनेपछि गृह मन्त्रालयमा आकस्मिक बैठक बसेको छ ।
गृहमन्त्री रमेश लेखक, गृहसचिव लगायत सुरक्षा निकायका उच्च अधिकारीहरूको उपस्थितिमा बैठक गृह मन्त्रालयमा जारी रहेको छ ।
बैठकमा प्रदर्शनको समीक्षा गर्दै आगामी सुरक्षा रणनीतिबारे निर्णय गरिनेछ ।
यसैबीच, साना समूहमा विभाजित प्रदर्शनकारीहरू विभिन्न स्थानमा आगजनी गर्दै हिँडिरेहका छन् ।