सैनामैना सेवा समाज यूएईको ७ औँ साधारणसभा अप्रिल ६ मा

सैनामैना सेवा समाज यूएईको ७ औँ साधारणसभा अप्रिल ६ मा

काठमाडौं । विदेशमा पहिचान समृद्ध सैनामैना हाम्रो अभियान भन्ने मुल नाराका साथ स्थापित संस्था सैनामैना सेवा समाज यूएईले आफ्रनो ७ औँ बार्षिक साधारण सभा गर्ने भएको छ ।

रुपन्देहीको सैनामैना नगरपालिकाबाट विभिन्न शिलसिलामा यूएईमा रहेका नेपालीहरुको छाता संगठनका रुपमा रहेको समाजले अप्रिल ६ तारिखका दिन बार्षिक साधारणसभा आयोजना गर्न लागेको हो ।

साधारणसभा अप्रिल ६ तारिख आईतबारका दिन यूएईको स्थानीय समयअनुसार दिउँसो २ बजेबाट सोले रेष्टुरेन्ट बरदुबईमा गरिने सैनामैना सेवा समाज यूएईका संरक्षक तथा नेपाली सेवा समाजका प्रवक्ता युवराज भट्टराईले जानकारी दिनुभयो ।

सैनामैना वासिहरुको सुख सुख दुःख बिसाउने साझा चौतारी भन्ने मूल नाराका साथ बार्षिक साधारण सभा गर्न लागिएको छ । साधारण सभामा समाजका सस्थापक सदस्य, संरक्षक,सल्लाहकार, क्रियाशिल सदस्य, युएईमा रहेका सम्पूर्ण सैनामैना वासिहरु तथा समाजलाई नजिक बाट साथ दिने सामाजिक सस्थाका प्रतिनिधी लगायतलाई उपस्थितिको लागि हार्दिक निमन्त्रणा समेत समाजले गरेको छ ।

साथै, साधारण सभाको दिन बुटवलको मानवा सेवा आश्रममा खाना खुवाउने कार्यक्रम पनि रहेको संरक्षक भट्टराईले बताउनुभयो ।

सैनामैना सेवा समाज

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार