
भैरहवा ।
पर्यटन प्रवद्र्धनलाई टेवा पुर्याउने उदेश्यले भैरहवामा पाल्पाली होटल डालिया इन्टरनेशन होटल सञ्चालनमा ल्याइएको छ । होटल क्षेत्रमा ३२ वर्ष काम गरी पाँच बर्षदेखि व्यवसायमा संलग्न व्यवसायी तेजप्रसाद बस्याल र देवकादेवी बस्याल दम्पत्तीले करिब ७० लाखको लगानीमा होटल सञ्चालनमा ल्याएका हुन् । ओमसतिया गाउँपालिका वडा नं. २ स्थित पुनमपथमा अवस्थीत यस होटलले सोमबारदेखि व्यवसायीक रुपमा सेवा शुभारम्भ गरेको हो ।
होटलको सोमबार होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष रामप्रसाद पोख्रेल र होटल व्यवसायी महासंघका उपमहा–सचिव राजेश महोत्राले संयुक्त रुपमा उद्घाटन गरे । होटलको उद्घाटन गर्दै अध्यक्ष पोख्रेलले अहिलेको अवस्थामा होटल व्यवसायमा चुनौती र अवसर दुवै रहेको बताउँदै ग्राहकको सन्तुष्टी अनुसार सेवा दिन सुल्झाए । त्यस्तै लुम्बिनी प्रदेश पर्यटन परिषदका सदस्य समेत रहेका महोत्राले अर्थतन्त्रमा पर्यटनले ठुलो योगदान दिएको बताउँदै होटल व्यवसायलाई टुरिजम पोडक्टका रुपमा राज्यले लिनुपर्ने बताए । उनले राज्यको पर्यटन निति कमजोर भएकोले त्यसको संसोधनको लागि तयारी भइरहेको बताए ।
होटलमा १६ वटा एट्याच र ४ वटा नन उट्याच गरी २० वटा कोठा रहेको संचालक बस्यालले बताए । होटलमा लजिङ, फुडिङ सहित ६५ जना सम्म अट्ने सभा हल रहेको उनले बताए । इण्डीयन, नेपाली, चाईनिज, कन्टीनेनटल खाना तथा यातायातको समेत सुविधा रहेको उनले बताए ।