‘एलईभी-०१’ कार नेपालमा सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं । वेबर ग्रुप अन्तर्गतको नेक्सन भेन्चरले एलईभी ०१ सार्वजनिक गरेको छ । कम्पनीले पहिलो मोडेलको रूपमा एलईभी ०१ क्रसओभर इलेक्ट्रिक एसयूभी भित्राएको हो ।

एलईभी चिनियाँ प्रतिष्ठित अटोमोबइल डिजाइन हाउस संघाई लन्च अटोमोबाइल कम्पनीले उत्पादन गरेको हो ।

यो कम्पनीले २५ वर्षदेखि विभिन्न ब्रान्डको डिजाइन, इन्जिनियरिङ, प्रोटोटाइप विकास तथा परीक्षण उत्पादन जस्ता सम्पूर्ण काम गर्दै आएको छ।

एलईभी ०१ स्ट्यान्डर्ड र कम्फर्ट गरी दुई भेरियन्टमा भित्रिएको छ । एलईभी ०१ मा ६७ १२ किलोवाट आवर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री भने ९९ किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटर रहेको छ । यसको ग्राउण्ड क्लियरेन्स २१० एमएमको रहेको छ ।

यो ईभीको लम्बाइ ४६४० एमएम, चौडाइ १८७० एमएम र उचाइ १६५५ एमएम छ । यसमा २७६० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ ।

कम्पनीका अनुसार यसमा १९ इन्चको ठूलो ह्वील पाउन सकिन्छ । यसले ५०० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । यसलाई डीसी चार्जरको सहायताले ३५ मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

नेक्सन भेन्चरले स्ट्यान्डर्ड एडिसनको मूल्य ६१ लाख ९५ हजार रुपैयाँ तथा कम्फर्ट एडिसनको मूल्य ६९ लाख ९५ हजार रुपैयाँ तोकेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार