
भैरहवा, ७ फागुन । वातावरण बचाउ आन्दोलन सिद्धार्थनगरद्वारा सञ्चालित सामुदायिक रेडियो रुपन्देही एफ.एम.१०२ मेगाहर्ज बुधबार (आज) फागुन ७ गतेदेखि २० वर्ष पूरा गरी २१ औं वर्षमा प्रवेश गरेको छ । ‘सही सूचना, सत्य समाचार, स्वस्थ्य मनोरञ्जन तपाईको अधिकार’ भन्ने नारासहित २०६१ साल फागुन ७ गतेदेखि औपचारिक प्रसारण शुरु गरेको एफ.एम.ले विभिन्न कार्यक्रम गरी वार्षिक उत्सव मनाउँदैछ ।