
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वर बस स्टप नजिकै शङ्कास्पद वस्तु फेला परेको छ । उक्त स्थानमा अहिले नेपाली सेना र नेपाल प्रहरीको बम डिस्पोज टोली पुगेका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी अपिल बोहोराले शङ्कास्पद वस्तु भएको सूचना पाएपछि अनुसन्धानका लागि टोली खटाइएको जानकारी दिए।