मकुनाको मृत्युका विषयमा बनेको छानबिन समितिले काम थाल्यो

मकुनाको मृत्यु

काठमाण्डौ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा जङ्गली हात्ती मकुनाको मृत्युका विषयमा बनेको छानबिन समितिले काम थालेको छ ।

समितिको आन्तरिक कार्यविधिको मस्यौदा तयारी गरेर अनुसन्धान अघि बढाइएको छानबिन समितिका संयोजक वन मन्त्रालयका सहसचिव डा.बुद्धिसागर पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज स्थलगत अध्ययन हुनेछ । छानबिन समितिले चितवनमा दुई दिनसम्म बसेर घटनाको विषयमा स्थलगत अध्ययन गर्ने छ ।

चितवन राष्ट्रिय निकुञ्ज, निकुञ्जका सेक्टर कार्यालय, सुरक्षा निकाय, मध्यवर्ती सामुदायिक वनका पदाधिकारी, स्थानीय पालिका र प्रशासनसँग छलफल तथा अन्तरक्रिया गरिने सहसचिव पौडेलले जानकारी दिनुभयो ।

चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको सुरक्षाकर्मीको गोली लागेर गएको बुधवार मकुनाको मृत्यु भएको थियो ।

वन मन्त्रालयले सात दिनभित्र घटनाको विस्तृत विवरण तथा कारण पहिचान गर्न शुक्रवार छानबिन समिति बनाएको थियो ।

मकुनाको मृत्यु

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार