Pahilo Awaj

Advertisment

SKIP THIS

भैरहवामा क्यान्सर सचेतना र्याली

भैरहवा ।
विश्व क्यान्सर दिवसको अवसरमा भैरहवामा सचेतना र्याली निकालीएको छ । सुमित्रा मेमोरियल क्यान्सर हस्पिटलको आयोजना, सिद्धार्थनगर सिटि हस्पिटल भैरहवा र ओम शाही नसिङ्ग क्याम्पसको सहयोगमा सिद्धार्थनगर नगरपािलका–८ विद्रोहीचोकबाट सुरु भई सिद्धार्थनगर सिटि हस्पिटलमा आई सम्पन्न भएको थियो । र्यालीमा विभिन्न संघसंस्था तथा सर्वसाधारण लगायतको करिब ३ सय जनाको उपस्थिती रहेको थियो ।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी रोहिणी गाउँपाकिलाका अध्यक्ष विद्या प्रसाद यादवले आम जनसमुदायमा क्यान्सर सम्बन्धी जनचेतना आवश्यक रहेको तथा भैरहवामा क्यान्सर हस्पिटलको सिघ्र संचालनले जनमानसमा खुसीयाली छाएको बताए । नेपाल क्यान्सर सर्पाेट ग्रुपका अध्यक्ष दिलिप भट्टराईले क्यान्सर सरुवा रोग नभएको तर उपचारमा धैरै खर्च हुने भएकोले मानिसहरुले खानपिनमा ध्यान दिनुपर्ने बताए । त्यस्तै विरामीलाई आत्मवल प्रदान गर्नु महत्वपूर्ण रहेको बताउँदै, आत्मवलले रोगसँग लड्ने शक्ति प्रदान गर्ने बताए ।
पत्रकार मनोरञ्जन शर्माले आत्मवल नै ठूलो भएकाले आम जनसमुदायमा सचेतना फैलाउनुपर्ने बताए । सिद्धार्थनगर सिटि हस्पिटलका जनरल सर्जन डा. हरि शर्माले विरामी परेपछि उपचार गर्नुभन्दा समय समयमा आफ्नो स्वास्थ्यको जानकारी लिनुपर्ने बताए ।
सुमित्रा मेमोरियल क्यान्सर हस्पिटलका संस्थापक तथा सिद्धार्थनगर सिटि हस्पिटलका प्रबन्ध निर्देशक अर्जुन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पञ्चकन्या ग्रुपमा प्रवन्ध देवेन्द् साहु लगायत कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार