रुपन्देहीमा जिल्लास्तरीय अन्तर माध्यमिक विद्यालय तहको वक्तृत्वकला प्रतियोगिता हुँदै

रुपन्देही । उपकार सञ्चार गृह प्रा. लि. को आयोजनामा मंगलबार (भोलि) हुने जिल्लास्तरीय अन्तर माध्यमिक विद्यालय तहको वक्तृत्वकला प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । सैनामैना नगरपालिकाको संरक्षणमा ‘विद्यालय खेलकुद, सम्भावना, अवसर र चुनौती’ बिषयमा हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको हो ।

सैनामेना नगरपालिका २ स्थित त्रिमूर्ती पार्टी प्यालेसमा मंगलबार बिहान ११ बजेदेखि जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुबीच ‘विद्यालय खेलकुद, सम्भावना, अवसर र चुनौती’ बिषयमा कडा प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक दिपक घिमिरेले जानकारी दिनुभयो ।

उहाँले विद्यालय तहका विद्यार्थीमा वक्तृत्वकला, सार्वजनिक प्रस्तुति तथा समसामयिक विषयमा आफ्नो धारणा स्पष्ट रूपमा राख्ने क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको पनि बताउनुभएको छ ।

प्रतियोगितामा जिल्लाका विभिन्न माध्यमिक विद्यालयका विद्यार्थीहरूको सहभागिता रहने अपेक्षा आयोजकले गरेको छ। विद्यालय खेलकुदको वर्तमान अवस्था, यसको सम्भावना, विद्यार्थीका लागि उपलब्ध अवसर तथा विद्यमान चुनौतीका विषयमा सहभागी विद्यार्थीले आफ्ना विचार प्रस्तुत गर्नेछन्।

प्रतियोगिताले विद्यार्थीको प्रतिभा पहिचानसँगै विद्यालयस्तरमा खेलकुदप्रति सकारात्मक वातावरण निर्माण गर्न समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

विद्यालय खेलकुदलाई केवल अतिरिक्त क्रियाकलापका रूपमा नभई विद्यार्थीको व्यक्तित्व विकास, अनुशासन र प्रतिभा प्रस्फुटनको महत्वपूर्ण माध्यमका रूपमा स्थापित गर्न प्रतियोगिताले योगदान पुर्‍याउने विश्वास आयोजकले लिएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation