मधेशमा बढ्दो अपराध नियन्त्रण गर्न पूर्वतयारी र बाल न्याय ऐनको माग: सांसद अरबिन्द शाह

काठमाडौँ। बारा लगायत मधेशका जिल्लाहरूमा हिंसा, बलात्कार, कुटपिट, लागूऔषध र वित्तीय अपराध दिनानुदिन बढ्दै गएकाले सिंगो मधेश अशान्त बन्दै गएको भन्दै सांसद अरबिन्द शाहले संसद्‌मा गम्भीर चिन्ता व्यक्त गरेका छन्। अपराध घटिसकेपछि मात्रै प्रशासन सक्रिय हुने परिपाटीको अन्त्य गर्दै राज्यले पूर्वतयारी र रोकथाममा विशेष जोड दिनुपर्ने उनले बताए।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहले स्थानीय भाषामा कानून, नागरिक अधिकार र सजायबारे जनचेतना अभियान तत्काल सञ्चालन गर्न सरकारसँग आग्रह गरे। झै-झगडामा संलग्न दुवै पक्षलाई थुनामा राखी निष्पक्ष अनुसन्धान गर्न, दण्डहीनताको अन्त्य गर्न, संवेदनशील क्षेत्रहरूमा सिसीटिभी तथा सडक बत्ती जडान गर्न र डिजिटल मुद्दा व्यवस्थापन प्रणाली विस्तार गर्न समेत उनले माग गरे।

यसैगरी, नाबालक अपराध न्यूनीकरणका लागि विद्यालयमा नैतिक शिक्षा र घरमा अभिभावकीय संस्कारमा जोड दिँदै पीडकका अभिभावकलाई पनि कानूनी रूपमा जिम्मेवार बनाउनुपर्ने धारणा उनले राखे। बालबालिकाको सुरक्षा र न्यायका लागि “गडिमा बाल न्याय तथा संरक्षण ऐन” तत्काल जारी गर्न सम्मानित सदनमार्फत सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराइएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation