काठमाडौं । भदौ ९ गतेदेखि सुरु हुन गइरहेको १८औँ संस्करणकोनाडा अटो शोमा विभिन्न ब्राण्डले नयाँ मोटरसाइकल तथा स्कुटरसार्वजनिक गर्ने भएका छन् ।
यस वर्षको अटो शोमा नेपाली श्रम, सीप र पुँजीमा तयार भएकोब्राण्ड यात्रीले पहिलो ‘मेड इन नेपाल’ इलेक्ट्रीक स्कुटरसार्वजनिक गर्दैछ । यात्री बाहेक पनि अटो शोमा सहभागि अन्यब्राण्डले नयाँ उत्पादन बजारमा उतार्ने तयारी थालेका छन् ।
नाडा अटो शोमा ११ कम्पनीका १३ ब्राण्डले दुई पाङ्ग्रे साधनप्रदर्शनीमा राख्नेछन् । जहाँ ढेड दर्जन बढी नयाँ उत्पादनअबलोकन गर्न सकिनेछ ।
नेपालमै बनेको ‘यात्री पी टु’ सबैभन्दा ठूलो आकर्षण हुने देखिन्छ। सिप्रदी यात्री प्रालिले ‘यात्री पीटु स्कुटर’ नाडा अटो शोबाटैबिक्री थाल्नेछ । नेपालमै उत्पादन गरिएको उक्त स्कुटर ‘नाडाअटो शो’को ‘मेड इन नेपाल’ पभिलियनमा देख्न पाइनेछ ।
एमएडब्लू राइज प्राइभेट लिमिटेडअन्तर्गतको यामाहा नेपाललेयामाहा एक्सएसआरसहित चार नयाँ मोडल सार्वजनिक गर्नेतयारी गरेको छ । कम्पनीले अटो शो अबलोकनकर्ताको लागिआफ्नो स्टल निकै आकर्षक बनाइरहेको जनाएको छ । नयाँउत्पादनको मूल्य लगायतका जानकारी अटो शोको पहिलो दिन नैउपलब्ध हुनेछ ।
सीजी मोटर्सले हिरो ब्रान्डका तीन नयाँ मोडल प्रदर्शनी राख्नेजनाएको छ । कम्पनीले १६० सीसीको जुम स्कुटर, १२५ सीसीकोग्ल्यामर एक्स मोटरसाइकल र २५० सीसीको एक्सट्रिममोटरसाइकल नाडा अटो शोबाट बिक्री थाल्दैछ ।
सीजी मोटर्सकै विद्युतीय ब्रान्ड भिडाले भीएक्स जेड स्कुटर र केथ्रीडट मिनी मोटरसाइकल पनि प्रदर्शनी गर्ने जनाएको छ ।
मिचे अटो नेपाल प्रालिले पाँचवटा नयाँ मोडल सार्वजनिक गर्नेजनाएको छ । कम्पनीले पाँचवटा विद्युतीय स्कुटरसहित अटोशोमा आफ्नो उपस्थिति बलियो बनाउने योजना तयार पारेको हो ।मिचे अटोले नेपालमै विद्युतीय दुई पाङ्ग्रे साधन एसेम्बलिङ गर्दैआएको छ ।
रोयल इनफिल्डको आधिकारीक बिक्रेता अल्फा अटोमोटिभलेअटो शोमा नयाँ मोडल सार्वजनिक गर्दैछ । कम्पनीले दुई दिनअगाडि बजारमा ल्याएको नयाँ क्लासिक मोडल अटो शोमाप्रदर्शनीको लागि राख्ने भएको हो ।
यस वर्षको नाडा अटो शोमा अन्य दुई पाङ्ग्रे ब्राण्डहरु क्यूजेमोटर्स, जोनसेन, भेस्पा, अप्रिलिया, रोयल इनफिल्ड, एम्पियर, रिभोल्ट र मेटा ईभी लगायतले सक्रिय सहभागिता जनाउँदैछन् ।
नयाँ उत्पादन र प्रविधिको प्रमुख मञ्च बन्दै नाडा अटो शो
१८औँ नाडा अटो शोमा ठूलो संख्यामा नयाँ मोडल सार्वजनिकहुनुले नेपाली दुईपांग्रे सवारी बजारमा नयाँ उत्पादन, विद्युतीयसवारी र स्थानीय एसेम्बलीतर्फको बढ्दो चासोलाई देखाउनेछ ।
एउटै स्थानमा विभिन्न ब्रान्डका नयाँ मोटरसाइकल तथा स्कुटरसार्वजनिक हुने भएकाले अबलोकनकर्ताले सहजै अनुकुलकोउत्पादन हेर्न र किन्न पाउने छन् ।










