काठमाडौं । माघ १० गतेदेखि सुरु भएको ‘आईएनजीस्क्रीन क्यान इन्फोटेक २०२५’ इन एसोसिएट विथ डिजिटल पालिकामा अवलोकनकर्ताको आकर्षण बढेको छ ।
प्रादेशिक महोत्सव २०८१ भित्र सुरु भएको वृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनी नयाँनयाँ प्रविधि र समाधानसहित सहभागी कम्पनीका स्टलहरुमा अवलोकनकर्ताको चासो देखिएको छ ।
इन्फोटेकलाई लक्षित गर्दै प्रदर्शनी स्थलमा विभिन्न प्रविधि कम्पनी तथा संघसंस्थाहरुले आफ्नो ब्राण्ड प्रवद्र्धनसँगै विशेष छुट र अफर घोषणा गरेका छन् । प्रदर्शनीमा इन्टरनेट सेवाप्रदायक, स्थानीय सफ्टवेयर, कम्प्युटर तथा एक्सेसरिज, आईटी बिश्वविद्यालय/कलेज, कन्सल्टेसी, स्टार्टअप तथा इनोभेसन, नेटवर्किङ तथा सिसीटीभी सर्विलेन्श प्रडक्ट लगायतका स्टलमा अवलोकनकर्ताको बढी आकर्षण देखिएको क्यान महासंघ बाँकेका अध्यक्ष यज्ञराज जोशीले बताए ।
इन्फोटेकको शीर्ष प्रायोजक आईएनजीस्क्रीन सागरमाथा आईटी ट्रेडर्सले नेपालका शैक्षिक संघसंस्थाका लागि उपयोगी हुने स्मार्ट बोर्डसहित एसी लगायतका प्रविधिहरूको विशेष प्रदर्शनी गरिरहेको छ ।
त्यस्तै, उग्रतरा इन्फोसिसले हिकभिजन सीसीटीभी जडान गर्दा फ्री जडानको घोषण गरेको छ यसमा बिभिन्न प्रविधियुक्त एआईसहितका पैतीस सय मूल्य देखी एक लाख ५० हजार सम्म मूल्यका क्यामराहरु रहेका छन ।
नेपाल टेलिकमले प्रीपेड सिम निःशुल्क बितरण गरेको छ र नमस्ते वाईफाईको जहाँ ४जी नेटवर्क पुगेका ठाउमा वायरलेस ईन्टरनेट उपलब्ध गर्ने छ । अर्को इन्टरनेट सेवाप्रदायक भायनेटले विशेष छुटसहित एक वर्षको प्याकेज खरिद गर्दा ३ महीना थप सेवा दिने र अन्य जिन्सी गिफ्ट उपलब्ध गर्ने बताएको छ ।
इन्फोटेकमा स्वदेशी सफ्टवेयर कम्पनी स्वस्तिक सफ्टवेयरमा र डायनामिक सफ्टवेयरले आफ्नो सफ्टवेयरमा १० प्रतिशत छुट घोषणा गरिएको छ । प्रदर्शनीमा चर्चित ब्राण्डहरूका ल्यापटप तथा गेमिङ पीसीमा युवा अवलोकनकर्ताको विशेष चासो देख्न सकिन्छ ।
त्यस्तै, पावर म्याक्सले इन्भटर ब्याट्री स्टेपलाइजर खरीद गर्ने लाई स्क्रयच कूपन ५०० देखी ५००० सम्मको शत प्रतिशतको अफर दिएको छ । कम्पनीहरूले पनि यी उत्पादनमा ‘क्यान अफर’ भन्दै विशेष छुट ल्याएका छन् ।
करिब २८ ओटा स्टल सहित सञ्चालन भइरहेको यो प्रदर्शनी माघ २२ सम्म चल्ने छ। यो प्रदर्शनीलाई सरकारी तथा निजी क्षेत्रका उच्च पदस्थ अधिकारीहरू, राजनीतिज्ञ लगायतले अवलोकन गर्ने कार्यक्रम रहेको क्यान महासंघ बाँके शाखाका सचिब रमेश क्षेत्रीले जानकारी दिए ।