सैनामैना । तपाइले गरेको रक्तदान, कसैका लागि जिवनदान भन्ने नाराका साथ रुपन्देहीको सैनामैना ६ कलौनीमा रहेको रामापुर माध्यमिक विद्यालयमा रक्तदान कार्यक्रम हुने भएको छ । विद्यालयको ६१ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा माघ २१ गते सोमबार कार्यक्रम हुन लागेको हो ।
जु.रे.स. तथा यु.रे.स. रामापुर माविको आयोजना तथा सैनामैना युवा रेडक्रस सर्कल र रामापुर स्काउट ट्रुप र रामापुर बाल क्लबको सह आयोजनामा रक्तदान कार्यक्रम हुन लागेको बाल क्लबका सहजकर्ता नन्दराम पोखरेलले बताउनुभयो।
कार्यक्रम रामापुर माविको प्रागणमा सोमबार बिहान ८ बजेबाट सुरु हुने बताइएको छ ।
विद्यालयले ६१ औं वार्षिक उत्सव तथा अभिभावक दिवस भने माघ २२ गते मंगलबार विविध कार्यक्रम गरि मनाउने छ ।