![दोस्रो](https://pahiloawaj.com/wp-content/uploads/2025/01/525589de-2556-4bad-a314-e812ffb5f0db.jpg)

रुपन्देही । नवलपुर सेवा समाज युएईले दोस्रो अक्षय कोष स्थापना कार्यक्रम सम्पन्न गरेको छ । नवलपुर जिल्लाका विद्यालयमा अध्यान गर्ने बालबालिकाको सहयोगार्थ तथा गरिब एवम् जेहनदार विद्यार्थीलाई सहयोग तथा सम्मान होस भन्ने उद्देश्यका साथ कार्यक्रम सम्पन्न भएको हो ।
दोस्रो अक्षय कोष नवलपुरको विनय त्रिवेणी गाउँपालिकामा ६ प्रसैयामा रहेको नेपाल आधारभूत विद्यालयमा स्थापना गरिएको छ ।
वैदेशिक रोजगारको शिलशिलामा युएईमा रहेका नवलपुर पूर्व सुस्ता वासीको छाता संगठन नवलपुर सेवा समाज युएईको बार्षिक कार्यक्रम अनुसार नवलपुरका ४ नगरपालिका र ४ गाउँपालिका ८ वटा विद्यालयमा अक्षय कोष स्थापना गरि हस्तान्तरण गरिने बताइएको छ ।
दोस्रो अक्षय कोष हस्तान्तरण कार्यक्रम चौथो कार्य समिति सदस्य खेमराज न्यौपानेको संयोजकत्वमा सम्पन्न भएको छ । नवलपुर सेवा समाज युएईले सन २०१६ देखि विभिन्न सामाजिक कार्य गर्दै आएको समितिका सचिव बसन्ती रायमाझीले जानकारी दिनुभएको छ ।