बुटवल । नेसनल प्याब्सन बुटवलले आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत रूपन्देहीका नेशनल प्याब्सनसँग आवद्ध भएका विद्यालयका विद्यार्थीहरूबीच वकृत्वकला तथा गायन कार्यक्रम एक समारोहबीच सम्पन्न भएको छ। नेसनल प्याब्सन रूपन्देहीका अध्यक्ष तिलव के.सीकाे अध्यक्षता तथा नेसनल प्याब्सन केन्द्रीय सचिव कृष्णप्रसाद पाैडेलकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ।
विभिन्न विद्यालयबाट उपस्थित भएका विद्याहरूबिच गायन तथा वक्तृत्वकला प्रतियाेगितामा प्रतिष्पर्धा भएको थियोे । प्रतिष्पर्धामा गायनतर्फ प्रथम न्यु लुम्बिनी बाेडिङ्ग स्कुल देवदहका छात्रा जानकी पाैडेल ,द्वितीय सुनगाभा पब्लिक सेकेन्डरी स्कुल खिम बहादुर राना,तृतीय नमुना एभर ग्रिनका नुराङ्ग सारू र सान्त्वना सेन्जाेसेभ बाेडिङ्ग स्कुलकी इशा गुरूङ भएका छन्।
त्यस्तैगरी वक्तृत्वकला प्रतियाेगितामा प्रथम न्यु लुम्बिनी बाेडिङ्ग स्कुलकी छात्रा खुसी घर्ती मगर ,द्वितीय स्कलर्स हाेमकी छात्रा शैलेसा शर्मा ,देवदह इङलिस बाेडिङ्ग स्कुलका छात्र प्रशान्त देवकोटा तृतीय र बुटवल ग्लाेरी बाेडिङ्ग सकुलकी छात्रा अन्शु अर्याल सान्त्वना भएका छन्। प्रथम द्वितीय ,तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने विद्यार्थीलाई मेडल,प्रमाणपत्र र नगदले सम्मान गरिएको थियोे ।
नेसनल प्याब्सन लुम्बिनी प्रदेशका सम्पूर्ण जिल्लाबाट प्रथम,द्वितीय हुने दुवै विधाका विद्यार्थीहरूबिच माघ १७ गते प्रदेश स्तरीय प्रतियाेगिता दाङकाे देवखुरीमा आयाेजना समेत गरिएको स्कलर्स हाेमका प्राचार्य नेशनल प्याब्सन रूपन्देहीका वरिष्ठ उपाध्यक्ष बाबुराम बन्जाडेले बताउनुभयो ।
दुई विद्याका कार्यक्रममा संगीत मुल्यांकनमा गायक तथा सङ्गितकार साैगत सायर र पप्प गायर वसन्त श्रेष्ठ निर्णायक रहनुभएकाे थियाे भने वक्तृत्वकला प्रतियाेगितामा निर्णायक मण्डलमा प्रा.डा.हिरण्यलाल ज्ञवाली र प्राध्यापक कृष्णप्रसाद पाण्डे रहनुभएकाे थियो ।
कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय सदस्य विष्णुप्रसाद पाैडेल,नेशनल प्याब्सन लुम्बिनी प्रदेश सह सचिव जेवी क्षेत्री ,रूपन्देही सल्लाहकार प्रकाश भट्टराई ,बुटवल बहुमुखी क्याम्पस नेपाली विषय विभागीय प्रमुख डा.नारायणप्रसाद पन्थ, निवर्तमान अध्यक्ष विल गुरूङ,काेषाध्यक्ष विनोद थापा ,सदस्यहरू शंकर गाैतम,कमल पाैडेल लगायतको आतिथ्यता रहेको थियोे ।
कार्यक्रम उपस्थिति सम्पूर्णमा गायक साैगात सायरले विभिन्न गीत गाएर मनाेरन्जन प्रदान गरेका थिए।