![sainamaina news](https://pahiloawaj.com/wp-content/uploads/2025/01/Messenger_creation_21559E0C-3ECE-4368-B566-884ED18594CB-1536x692-1.jpeg)
![sainamaina news](https://pahiloawaj.com/wp-content/uploads/2025/01/Messenger_creation_21559E0C-3ECE-4368-B566-884ED18594CB-1536x692-1.jpeg)
![sainamaina news](https://pahiloawaj.com/wp-content/uploads/2025/01/Messenger_creation_21559E0C-3ECE-4368-B566-884ED18594CB-1536x692-1.jpeg)
सैनामैना । सैनामैना नगरपालिका वडा नम्बर ४ मुर्गियामा अवस्थित पर्रोहा माध्यमिक विद्यालयका पूर्व विद्यार्थीको संगठन ‘पर्रोहा विधार्थी समाज २०५३’ को आयोजनामा पर्रोहा माविको पूर्वी गेट बुद्धचोकमा वृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि सैनामैना नगरपालीकाका नगर प्रमुख फडेन्द्र शर्मा आजभोलि हाम्रो समाज आफ्नो स्वास्थ्यप्रति उत्तरदायित्व नभएको र जहाँ जे देख्यो त्यही खाने जहाँ जे भेट्यो त्यही लाउने भएको कारणले गर्दा मानिसलाई स्वास्थ्य समस्या परेको कुरा व्यक्त गर्नुभयो |
पर्रोहा माविका प्राचार्य वल बहादुर केसीले यो संगठनले काम आफ्नो संगठनका लागि गरेता पनि नाम पर्रोहासँग जोडिएको हुँदा आफू खुसीसँगै निरन्तर सहयोग गरिराख्ने धारणा राख्नुभयो ।
सैनामैना वार्ड नं ४ का अध्यक्ष राम प्रसाद अघिकारीले सामाजिक उत्तरदायित्व बहन गर्दै सामाजिक क्रियाकलाप लगायतका विभिन्न सहयोगीरूपी र मानव सहयोगीरूपी कार्यक्रमहरू पनि यस संस्थाले गरेको हुँदा आगामी दिनमा समेत यो संस्थाले सदैव आम जनताका चासो र अपेक्षाका विषयमा सधैंभरि कार्य गरिराख्ने कुरा व्यक्त गर्नुभयो ।
विशेषगरी स्वास्थ्य शिविर कार्यक्रममा प्रेसर, सुगर चेकजाँच र दन्त परीक्षण कार्यक्रम गरिएको थियो। स्वास्थ्य शिविर कार्यक्रममा समाजका सल्लाहकार शुभास भट्टराई, ज्ञानु के सी लगायतले समाजले गरेका सामाजीक कार्यहरु प्रसंसनीय रहेको र आगामी दीनमा गरीने राम्रा काममा आफ्नो साथ रहने बताउनुभयो र कार्यक्रममा २३५ जना सेबाग्राही आफ्नो स्वास्थ्य परीक्षण गराउनुभएको थियो।
समाजको अध्यक्ष सरिता गौतमले मानवीय विकास पछि परेको कारणले गर्दा आज हामी विभिन्न कुरामा विभिन्न रोगसँग लडिरहेका छौं त्यसैले विशेषगरी सरकारले भौतिक संरचनाको निर्माणभन्दा मानवीय विकास निर्माण गर्यो भने समाज सुदृढ रहने कुरा व्यक्त गर्दै स्थानीय संघसंस्था र स्थानीय सरकारसँग निरन्तर हातेमालो गर्दै आगामी दिनमा समेत कार्यक्रम गर्ने कुरा व्यक्त गर्नुभयो।
समाजका अध्यक्ष सरिता नेपालको अध्यक्षतामा कार्यक्रम सचिव गंगा न्यौपानेको सन्चालन एवम उपाध्यक्ष कमला पौडेलको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
सैनामैना नगरपालिकाको संरक्षकत्व रहेको कार्यक्रम एवं खिमादेवी डेन्टल र सैनामैना फार्मेसीको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो ।