
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ। आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले एक सूचना जारी गर्दै सञ्चालन सुरू गरिएको जानकारी दिएको हो।
सूचनामा भनिएको छ,‘विषम परिस्थितिका कारण मिति २०८२/५/२४ बाट बन्द गरिएका हवाई उडानहरूलाई आज मिति २०८२/५/२५ मा बसेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा समिति बैठकको निर्णयानुसार पुनः सुचारू गर्ने निर्णय भएको व्याहोरा सम्बन्धित सर्वेमा जानकारीका लागि अनुरोध छ।’
कार्यालयले हवाई उडानका लागि विमानस्थल आवागमन गर्ने यात्रूहरूले आ-आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिएर मात्र विमानस्थल आउजाउ गर्न साथै यसरी आवत जावत गर्दा आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात साथमा लिएर आउन समेत आग्रह गरेको छ।