
एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा काठमाडौं स्पाईकर्स र लुम्बिनी लाभाजले पहिलो जित निकालेका छन । पोखराको बहुउद्देश्यीय कभर्डहलमा आज भएको पहिलो खेलमा काठमाडौंले मधेश युनाइटेडलाई ३-१ तथा दोस्रो खेलमा लुम्बिनी लाभाजले पोखरा निन्जाजलाई ३-२ को सेट अन्तरमा हराएका हुन ।
काठमाडौं र मधेशबीच भएको खेलमा पहिलो सेट २६-२४ ले आफ्नो काठमाडौंले आफ्नो पक्षमा पारेको पनि दोस्रो सेटमा मधेश खेलमा फर्कियो। उसले २५-२३ ले दोस्रो सेट जित्दा मधेशले खेललाई १-१ को बराबरीमा पुर्यायो। तर, यसपछिका तेस्रो र चौथो सेटमा २५-२३ र २५-१९ ले जित्दै काठमाडौंले मधेशलाई ३-१ ले माथ दिंदै पहिलो जित दर्ता गर्यो।
यस्तै, आजै भएको दोस्रो खेलमा लुम्बिनी लाभाजले पोखरा निन्जाजलाई ३-२ को सेट अन्तरले हराउँदा खेल निकै रोमाञ्चक बनेको थियो । खेलको पहिलो सेट लुम्बिनी लाभाजले २५-१३ ले जितेको हो ।
दोस्रो र तेस्रो सेट भने पोखरा निन्जाजले उत्कृष्ट प्रदर्शन गर्दै २५-२३ र २५-१० ले आफ्नो पक्षमा पार्यो । तर, चौथों सेटमा उत्कृष्ट पुनरागमन गर्दै लुम्बिनीले खेल पाचौँ सेट सम्म धकेल्यो । लुम्बिनीले चौँथो सेट २८-२६ तथा पाँचौ सेट १५-१० ले आफ्नो पक्षमा पार्दै प्रतियोगितामा पहिलो जित निकालेको हो ।