खानेपानीमन्त्री यादव र स्वास्थमन्त्री पौडेलबीच छलफल

खानेपानीमन्त्री यादव र स्वास्थमन्त्री पौडेलबीच छलफल

काठमाडौ । खानेपानीमन्त्री प्रदीप यादव र स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलबीच वीरगञ्जमा देखिएको हैजा संक्रमण नियन्त्रण तथा रोकथामका विषयमा छलफल भएको छ ।

आइतबार (आज) मन्त्री यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्यमन्त्री प्रदीप पौडेलसँग भेट गरी वीरगञ्जमा देखिएको हैजा संक्रमणका सम्बन्धमा ध्यानाकर्षण गराउँदै विस्तृत छलफल सम्पन्न गर्नु भएको हो ।

उक्त छलफलमा वीरगञ्जका प्रभावित क्षेत्रमा कोलेरा किट तत्काल व्यवस्था गर्ने, लक्षणको आधारमा संक्रमितलाई तुरुन्त उपचार उपलब्ध गराउने, प्राइभेट अस्पतालहरूमा निःशुल्क परीक्षणको व्यवस्था गर्ने र आवश्यक थप मेडिकल अफिसर, हेल्थ असिस्टेन्ट तथा नर्सलगायतको जनशक्ति तत्काल परिचालन गर्ने सहमति भएको खानेपानीमन्त्री यादवले जानकारी दिनुभयो ।

वीरगञ्ज महानगरपालिकाका विभिन्न वडा र टोलहरूमा देखापरेको हैजा संक्रमण नियन्त्रणका लागि आफ्नो प्रयास अविच्छिन्न रूपमा जारी रहेको समेत मन्त्री यादवले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार